२०८३, २ श्रावण आईतबार

सांसदलाई तथ्यसहित बोल्न एमालेको तयारी, ‘इस्यु कलेक्सन सेन्टर’ स्थापना गर्ने घोषणा

सांसदलाई तथ्यसहित बोल्न एमालेको तयारी, ‘इस्यु कलेक्सन सेन्टर’ स्थापना गर्ने घोषणा


काठमाडौं । नेकपा (एमाले) संसदीय दलले संसदमा आफ्ना सांसदहरूको भूमिका थप प्रभावकारी बनाउन ‘इस्यु कलेक्सन सेन्टर’ स्थापना गर्ने तयारी गरेको छ।

एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सांसदहरूलाई तथ्य, प्रमाण र अध्ययनमा आधारित सामग्री उपलब्ध गराउने उद्देश्यले उक्त केन्द्र स्थापना गर्न लागिएको जानकारी दिइन्। उनका अनुसार संसदमा उठाइने विषयलाई थप सशक्त बनाउन क्लस्टर, एजेन्डा र विषयगत आधारमा नियमित छलफल तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ।

अर्यालले सांसदहरूले प्रभावकारी रूपमा धारणा राख्न पर्याप्त तथ्य र अध्ययन सामग्री आवश्यक पर्ने भएकाले ती सामग्री संकलन, विश्लेषण र व्यवस्थापन गर्ने संयन्त्र निर्माण गरिने बताइन्। उनले निकट भविष्यमै विभिन्न विषयगत समूह बनाएर सांसदहरूबीच छलफललाई व्यवस्थित गरिने र संसदीय गतिविधिलाई अझ परिणाममुखी बनाइने उल्लेख गरिन्।

उनका अनुसार प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष र महासचिवबाट पनि संसदीय भूमिका, समसामयिक राजनीतिक मुद्दा तथा पार्टीको नीति–दिशाबारे थप मार्गदर्शन प्रदान गरिनेछ। एमालेले संसदीय बहसलाई तथ्यपरक, व्यवस्थित र प्रभावकारी बनाउन संगठनात्मक तयारीलाई तीव्र बनाएको जनाएको छ।

प्रकाशित मिति : २०८३, २ श्रावण आईतबार  १ : ३३ बजे

फेसबुकको वेब संस्करणमा समस्या, प्रयोगकर्ताले गर्न सकेनन् लगइन

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको वेब (ब्राउजर) संस्करणमा आइतबार अचानक

जोर्डनमा अमेरिकी सैन्य अड्डामाथि इरानी आक्रमण, दुई सैनिक मारिएपछि तनाव थप चुलियो

काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी इरानले गरेको

प्रमाण नै थिएन भने मुद्दा किन?’ विष्णु पौडेलमाथिको अभियोजनप्रति गोविन्द पन्थीको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्व

सांसदलाई तथ्यसहित बोल्न एमालेको तयारी, ‘इस्यु कलेक्सन सेन्टर’ स्थापना गर्ने घोषणा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलले संसदमा आफ्ना सांसदहरूको भूमिका

विद्युत् अवरोधदेखि जनताको असन्तुष्टिसम्म, सरकारमाथि शंकर पोखरेलको आक्रामक टिप्पणी

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको