२०८३, १९ आश्विन मंगलबार

जोर्डनमा अमेरिकी सैन्य अड्डामाथि इरानी आक्रमण, दुई सैनिक मारिएपछि तनाव थप चुलियो

जोर्डनमा अमेरिकी सैन्य अड्डामाथि इरानी आक्रमण, दुई सैनिक मारिएपछि तनाव थप चुलियो


काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी इरानले गरेको मिसाइल आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ। घटनामा चार सैनिक घाइते भएका छन् भने एक सैनिक अझै बेपत्ता रहेको अमेरिकी सेनाले पुष्टि गरेको छ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार शनिबार जोर्डनको मुवाफ्फाक सल्टी एयर बेस मा कम्तीमा दुईवटा ब्यालिस्टिक मिसाइल प्रहार गरिएको थियो। उक्त अड्डा अमेरिकाको प्रमुख सैन्य केन्द्रमध्ये एक मानिन्छ, जहाँ अमेरिकी सैनिक र लडाकु विमान तैनाथ छन्।

अमेरिकी अधिकारीहरूले यो आक्रमणलाई पछिल्ला दुई सातादेखि जारी अमेरिका–इरान सैन्य तनावको सबैभन्दा गम्भीर घटनामध्ये एक बताएका छन्। युद्ध पुनः सुरु भएयता अमेरिकी सैनिकको ज्यान गएको यो पहिलो पुष्टि भएको घटना हो। आक्रमणलगत्तै अमेरिकाले पनि इरानका सैन्य संरचनालाई लक्षित गरी जवाफी हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी रक्षा अधिकारीहरूका अनुसार इरानको समुद्री गतिविधि र अमेरिकी फौजमाथि आक्रमणमा संलग्न संरचनाहरूलाई निशाना बनाइएको हो।

पछिल्लो समय जोर्डनस्थित अमेरिकी सैन्य अड्डाहरू लगातार आक्रमणको निशानामा परिरहेका छन्। अमेरिकी अधिकारीहरूका अनुसार एक साताभित्र मात्र चारपटक मिसाइल आक्रमण भएको छ, जसका कारण दर्जनौं सैनिक घाइते हुनुका साथै सैन्य उपकरणमा समेत क्षति पुगेको छ।

यस घटनापछि अमेरिका र इरानबीचको द्वन्द्व थप उग्र बन्ने चिन्ता बढेको छ। कतार र पाकिस्तानले दुवै पक्षलाई वार्तामा ल्याउने प्रयास गरिरहेका भए पनि हालसम्म कुनै ठोस प्रगति हुन सकेको छैन। अमेरिकी सैनिकको मृत्युले अब वाशिङ्टनको प्रतिक्रिया अझ कडा हुन सक्ने अन्तर्राष्ट्रिय विश्लेषकहरूको अनुमान छ।

प्रकाशित मिति : २०८३, २ श्रावण आईतबार  १ : ५५ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि