२०८३, १ भाद्र मंगलबार

बागमती सरकारबाट तत्काल नबाहिरिने एमालेको निर्णय, थप छलफलपछि मात्रै निष्कर्ष

बागमती सरकारबाट तत्काल नबाहिरिने एमालेको निर्णय, थप छलफलपछि मात्रै निष्कर्ष


हेटौंडा । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने निर्णय स्थगित गर्दै केही दिन थप आन्तरिक छलफल गर्ने निष्कर्ष निकालेको छ। सोमबार बिहान काठमाडौंको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सरकार छाड्ने विषयमा हतारो नगर्ने निर्णय गरेको हो।

बैठकपछि बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक एकलाल श्रेष्ठले सरकारबाट बाहिरिने वा गठबन्धनमै रहने विषयमा अझै अन्तिम निर्णय नभएको स्पष्ट पारे। उनले भने, “सरकारबाट बाहिरिने वा नबाहिरिने विषयमा अझै टुंगो लागेको छैन। पार्टीभित्र थप छलफल गरेर मात्रै निर्णयमा पुग्छौं। केन्द्रबाट पनि हालसम्म कुनै स्पष्ट निर्देशन नआएकाले केही दिन प्रतीक्षा गर्ने निष्कर्षमा पुगेका छौं।”

श्रेष्ठका अनुसार नेपाली कांग्रेससँगको गठबन्धन यथावत् रहेको छ। गठबन्धनलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने विषयमा पार्टीको केन्द्रीय तहमा समेत छलफल जारी रहेकाले प्रदेशमा तत्काल कुनै कदम नचाल्ने निर्णय गरिएको हो।

बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट मधुसूदन पौडेल (कृषि तथा पशुपन्छी विकास), डा. दिनेशचन्द्र देवकोटा (भौतिक पूर्वाधार विकास), किरण थापा (स्वास्थ्य), बिन्दु श्रेष्ठ (उद्योग, वाणिज्य, भूमि तथा प्रशासन), जयराम थापा (श्रम, रोजगार तथा यातायात) तथा भरतबहादुर केसी (वन तथा वातावरण) मन्त्रीका रूपमा कार्यरत छन्।

यसअघि एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका थिए। तर पार्टी केन्द्रबाट तत्काल निर्णय नगर्न निर्देशन आएपछि राजीनामाको प्रक्रिया रोकिएको थियो। अब केन्द्रको आगामी निर्देशन र थप राजनीतिक परामर्शपछि मात्रै बागमती सरकारमा एमालेको भूमिकाबारे अन्तिम निर्णय हुने संकेत देखिएको छ।

प्रकाशित मिति : २०८३, ३ श्रावण सोमबार  १ : ४० बजे

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक