२०८३, १० कार्तिक मंगलबार

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित


काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र जलमग्न बनेका छन्। विशेषगरी माइतीघर क्षेत्रमा सडक डुबानमा परेपछि सवारी आवागमन प्रभावित भएको छ भने ट्राफिक व्यवस्थापनमा समेत समस्या देखिएको छ।

माइतीघर क्षेत्रमा पानी जमेपछि त्यसतर्फ जाने सवारीसाधन बीचबाटोमै रोकिएका छन्। ट्राफिक प्रहरीले नयाँ बानेश्वरबाट आउने सवारीलाई बबरमहल क्षेत्रमा नै रोकेर ट्राफिक व्यवस्थापन गरिरहेको छ।

अल्प समयमै परेको भारी वर्षाले सडकहरू जलमग्न बनेपछि कार्यालय समयको चापसँगै राजधानीको ट्राफिक अस्तव्यस्त बनेको छ। विभिन्न स्थानमा लामो सवारी जाम देखिएको छ भने पैदलयात्रीलाई पनि आवतजावतमा कठिनाइ भएको छ।

काठमाडौंमा हरेक वर्ष वर्षायाममा केहीबेरको वर्षापछि माइतीघर, बबरमहल, नयाँ बानेश्वरलगायतका क्षेत्र डुबानमा पर्ने समस्या दोहोरिँदै आएको छ। यसपटक पनि कमजोर ढल निकास प्रणालीका कारण पानी सहज रूपमा निकास हुन नसक्दा सडकहरू जलमग्न भएका हुन्।

सुरक्षा निकाय र ट्राफिक प्रहरीले प्रभावित क्षेत्रमा सवारी व्यवस्थापन गरिरहेका छन्। मौसमविद्हरूले आगामी दिनमा पनि वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  ४ : ५९ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना