धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा सहभागी भएको छ। एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएसँगै प्रदेश सरकारको नयाँ संरचनाले औपचारिकता पाएको हो। प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई शपथ गराएका हुन्। एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका…