विराटनगर । सुनसरीको देवानगन्जमा भएको गोलीकाण्डमा गम्भीर घाइते भएका दुई युवालाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर लैजाने तयारी गरिएको छ। नोबेल शिक्षण अस्पतालमा उपचाररत देवानगन्ज–३ का १८ वर्षीय अमित यादव र विराट नर्सिङ होममा उपचाररत २१ वर्षीय रवीन्द्रकुमार मेहतालाई एयरलिफ्टमार्फत काठमाडौं पठाउने तयारी भएको पारिवारिक स्रोतले जनाएको छ। दुवैको स्वास्थ्य अवस्था गम्भीर रहेकाले…