२०८३, ३१ भाद्र बिहीबार

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन


काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउन मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ।

एमाले महासचिव शंकर पोखरेलले प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई पत्राचार गर्दै विगतका वर्षहरूमा झैँ यस वर्ष पनि संविधान दिवसलाई राष्ट्रिय महत्त्वका साथ मनाउन निर्देशन दिएका हुन्।

महासचिव पोखरेलले संविधानको रक्षा र संरक्षणको सन्देश प्रवाह हुने गरी आ–आफ्नो क्षेत्र तथा तहमा प्रभातफेरी, दीपप्रज्वलन, विचार गोष्ठी, सरसफाइ लगायतका कार्यक्रम आयोजना गर्न आग्रह गरेका छन्।

एमालेले जारी गरेको पत्रमा भनिएको छ, ‘आ–आफ्नो क्षेत्र र स्तरमा संविधानको रक्षाको सन्देशसहित प्रभातफेरी, दीपप्रज्वलन, विचार गोष्ठी, सरसफाइ तथा अन्य रचनात्मक कार्यक्रमहरूको आयोजना गरी संविधान दिवसलाई सफल बनाउनुहुन अनुरोध छ।’

एमालेले संविधान दिवसलाई भव्य र उत्साहपूर्ण रूपमा मनाउँदै संविधानको संरक्षण तथा कार्यान्वयनप्रति पार्टीको प्रतिबद्धता जनाउने जनाएको छ।

प्रकाशित मिति : २०८३, ३१ भाद्र बिहीबार  ६ : ०७ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण