२०८३, ९ कार्तिक सोमबार

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन


काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउन मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ।

एमाले महासचिव शंकर पोखरेलले प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई पत्राचार गर्दै विगतका वर्षहरूमा झैँ यस वर्ष पनि संविधान दिवसलाई राष्ट्रिय महत्त्वका साथ मनाउन निर्देशन दिएका हुन्।

महासचिव पोखरेलले संविधानको रक्षा र संरक्षणको सन्देश प्रवाह हुने गरी आ–आफ्नो क्षेत्र तथा तहमा प्रभातफेरी, दीपप्रज्वलन, विचार गोष्ठी, सरसफाइ लगायतका कार्यक्रम आयोजना गर्न आग्रह गरेका छन्।

एमालेले जारी गरेको पत्रमा भनिएको छ, ‘आ–आफ्नो क्षेत्र र स्तरमा संविधानको रक्षाको सन्देशसहित प्रभातफेरी, दीपप्रज्वलन, विचार गोष्ठी, सरसफाइ तथा अन्य रचनात्मक कार्यक्रमहरूको आयोजना गरी संविधान दिवसलाई सफल बनाउनुहुन अनुरोध छ।’

एमालेले संविधान दिवसलाई भव्य र उत्साहपूर्ण रूपमा मनाउँदै संविधानको संरक्षण तथा कार्यान्वयनप्रति पार्टीको प्रतिबद्धता जनाउने जनाएको छ।

प्रकाशित मिति : २०८३, ३१ भाद्र बिहीबार  ६ : ०७ बजे

विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर