२०८३, ९ कार्तिक सोमबार

संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान

संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन, समावेशी तथा समानुपातिक प्रतिनिधित्व र सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण आधार निर्माण गरेको बताएका छन् । 

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्ने बताए । वि.सं.२०७२ असोज ३ गते संविधान जारी भएको ऐतिहासिक उपलब्धिको स्मरण गरे । 

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न संविधान दिवसले सबै नेपालीलाई एकजुट भएर अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका क्रममा जीवन आहुति दिने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याउने राजनीतिक दलका नेता, नागरिक तथा राजनीतिक कार्यकर्ताको योगदानको सम्मान गरे ।

हिमाल, पहाड र तराईको भौगोलिक विविधतासँगै बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक पहिचान नेपालको विशेषता भएको बताए । राष्ट्रपति पौडेलले संविधानले सबै समुदायलाई समान संरक्षण दिएको बताए । 

नेपालीबीचको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने गतिविधि नहोस् भन्ने विश्वाससमेत उनले व्यक्त गरे ।

प्रकाशित मिति : २०८३, २ आश्विन शनिबार  १ : १४ बजे

विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर