२०८३, २ आश्विन शनिबार

संविधानको सफलता नागरिकले अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

संविधानको सफलता नागरिकले अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता घोषणामा मात्र नभई नागरिकले दैनिक जीवनमा त्यसको प्रत्यक्ष अनुभूति गर्न पाउने अवस्थाबाट पुष्टि हुनुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सहज सार्वजनिक सेवा, न्याय–सुरक्षा, रोजगारी, किसानको उत्पादनको उचित मूल्य र विपन्न नागरिकको संरक्षण सुनिश्चित हुनुपर्ने बताए।

मुख्यमन्त्री थापा मगरले प्रशासनिक ढिलासुस्ती, विकास आयोजनाको न्यून प्रगति, बेरोजगारी, युवा पलायन, भ्रष्टाचारप्रतिको चिन्ता र सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वासलाई प्रमुख चुनौतीका रूपमा औँल्याए। यी समस्या आरोप–प्रत्यारोपबाट नभई जिम्मेवारीबोध, सहकार्य र परिणाममुखी कामबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो।

उनले सङ्घीयता बलियो बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकार, जिम्मेवारी र स्रोतको उचित सन्तुलन आवश्यक रहेको बताए। प्रदेश सरकारलाई प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी बनाउने, विकास आयोजना समयमै सम्पन्न गर्ने तथा सहकारी पीडित बचतकर्ताको हित संरक्षणलाई प्राथमिकता दिइने उनले बताए।

युवालाई स्वदेशमै अवसर दिन कृषि, पर्यटन, उद्योग, सूचना प्रविधि, सीप विकास र उद्यमशीलतालाई प्रोत्साहन गरिने मुख्यमन्त्री थापा मगरले बताए। शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, नागरिक अधिकार र सुशासनलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको उनको भनाइ थियो।

भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको जलप्रलयबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना व्यक्त गरे। प्रभावित क्षेत्रमा सुरक्षित बसोबास, पूर्वाधार पुनर्निर्माण र जीविकोपार्जन पुनःस्थापनाका लागि सङ्घ र स्थानीय तहसँग समन्वय गरी काम अघि बढाइने उनले बताए।

प्रकाशित मिति : २०८३, २ आश्विन शनिबार  १२ : ५९ बजे

संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन,

टुँडिखेलमा संविधान दिवसको विशेष समारोह

काठमाडौं । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

गगनको ओली-प्रचण्डलाई जवाफ : ‘रास्वपालाई अलग गर्न मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका नाममा राजनीतिक

संविधानको सफलता नागरिकले अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता

संविधान दिवसमा इनरुवामा देखियो उत्सव

इनरुवा । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार सुनसरी