२०८३, १० कार्तिक मंगलबार

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति शेरबहादुर देउवा समूहबीचको टकराव झन् चर्किएको छ। महाधिवेशनको प्रक्रिया रोक्न देउवा समूह अदालत पुगेपछि संस्थापन पक्षले पार्टीलाई निरन्तर कानुनी विवादमा धकेलेर कमजोर बनाउने खेल नगर्न चेतावनी दिएको छ। देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टाछुट्टै रिट सर्वोच्च अदालतमा पुगेपछि कांग्रेसको आन्तरिक शक्ति संघर्ष…