२०८३, ८ कार्तिक आईतबार

पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण

पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण


काठमाडौं । पाकिस्तानले अफगानिस्तानका विभिन्न १० स्थानमा ड्रोन र हवाई आक्रमण गरेको दाबी गरेको छ । इस्लामाबादले यसलाई अफगानिस्तानबाट आएको भनिएको ड्रोन आक्रमणको प्रयासको जवाफ भएको जनाएको छ ।

पाकिस्तानी सञ्चारमन्त्री अताउल्लाह तारारका अनुसार पाकिस्तानले ‘आत्मरक्षाको सार्वभौम अधिकार’ प्रयोग गर्दै ड्रोन प्रक्षेपण र भण्डारणका लागि प्रयोग गरिएका भनिएका १० स्थानमा लक्षित हवाई तथा ड्रोन आक्रमण गरेको हो । उनले ती आक्रमण ‘सुनियोजित, सटीक, सीमित र सैन्य लक्ष्यमा मात्रै केन्द्रित’ रहेको दाबी गरेका छन् ।

यो आक्रमण केही दिनअघि पाकिस्तानले अफगानिस्तानका कुनार र पक्तिका प्रान्तमा गरेको हवाई आक्रमणपछि भएको हो । अफगानिस्तानले त्यसबेला तीन सर्वसाधारणको मृत्यु भएको र चार जना घाइते भएको जनाएको थियो ।

अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानले नागरिक बस्तीलाई निशाना बनाएको आरोप लगाउँदै यसलाई ‘आक्रमण र अपराधको पुनरावृत्ति’ भनेका छन् । उनले पाकिस्तानले आफ्नै आन्तरिक सुरक्षा समस्याबाट ध्यान मोड्न यस्तो कदम चालेको दाबी गर्दै ‘उचित जवाफ दिने’ चेतावनी दिएका छन् ।

स्थानीय सञ्चारमाध्यम टोलोन्युजका अनुसार यसअघि पाकिस्तानी लडाकु विमानले पक्तिकाको बर्माल जिल्ला र कुनारका विभिन्न क्षेत्रमा आक्रमण गरेका थिए । संयुक्त राष्ट्रसंघीय अफगानिस्तान सहायता नियोगका अनुसार सन् २०२६ को अप्रिलदेखि जुनसम्म सीमापार सशस्त्र हिंसाबाट अफगानिस्तानमा ३९९ जना सर्वसाधारण प्रभावित भएका छन् । यस अवधिमा ५७ जनाको मृत्यु र ३४२ जना घाइते भएका थिए, जसमा ४० महिला र ११२ बालबालिका रहेका छन् ।

संयुक्त राष्ट्रसंघीय अफगानिस्तान सहायता नियोगले उक्त अवधिमा अफगानिस्तानभित्र अभिलेख गरिएका सबै सीमापार नागरिक क्षतिलाई पाकिस्तानी सुरक्षा बलसँग सम्बन्धित रहेको जनाएको छ । पक्तिया, पंक्तिका र कुनार हवाई आक्रमणबाट सबैभन्दा बढी प्रभावित प्रान्तमध्ये रहेका छन् । पाकिस्तान र अफगानिस्तानबीच पछिल्ला दिनहरूमा सीमापार तनाव लगातार बढ्दै गएको छ । एएनआई

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  ११ : ४० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना