२०८३, ७ आश्विन बिहीबार

१३ राजदूतको सुनुवाइ सुरु, १० दिनभित्र उजुरी दिन आह्वान

१३ राजदूतको सुनुवाइ सुरु, १० दिनभित्र उजुरी दिन आह्वान


काठमाडौं । सरकारले विभिन्न १३ मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।

संघीय संसद्को संयुक्त संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतका सम्बन्धमा सर्वसाधारण र सरोकारवालाबाट १० दिनभित्र उजुरी दिन आह्वान गरेको हो। बिहीबार बसेको समिति बैठकले सरकारी सञ्चारमाध्यम र संघीय संसद् सचिवालयको विद्युतीय पेजमार्फत उजुरी संकलन गर्ने निर्णय गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।

असोज २० गते बस्ने बैठकमा उजुरी खोलिनेछ। त्यसपछि उजुरीको अध्ययन गरी प्रस्तावित राजदूतहरूलाई क्रमशः संसदीय सुनुवाइका लागि बोलाइने समितिको तयारी छ। सरकारले भारत, चीन, अमेरिका, बेलायत, जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि १३ जनाको नाम राजदूतमा सिफारिस गरेको छ।

संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त गर्ने प्रक्रिया अघि बढ्नेछ, त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  १२ : ४६ बजे

जेनजी आन्दोलनका मुद्दा टुंग्याउन सरकारसँग सांसद कुँवरको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद श्रद्धा कुँवर क्षेत्रीले

रनवेमा ट्रम्प, वासिङ्टनमा सी : अब बदलिँदैछ विश्वको शक्ति-समीकरण

विश्व राजनीतिमा केही दृश्य यस्ता हुन्छन्, जसले सयौँ पृष्ठका कूटनीतिक

सीलाई लिन रनवेमा पुगे ट्रम्प, अमेरिका-चीन सम्बन्धमा नयाँ कूटनीतिक संकेत

२३ सेप्टेम्बरमा विमानस्थलमै स्वागत, २४ सेप्टेम्बरमा ह्वाइट हाउसमा राजकीय समारोह

१३ राजदूतको सुनुवाइ सुरु, १० दिनभित्र उजुरी दिन आह्वान

काठमाडौं । सरकारले विभिन्न १३ मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

काभ्रेका चार स्थानीय तहमा दुई दिन विद्यालय बन्द

काभ्रेपलाञ्चोक । बाढीपहिरो र भारी वर्षाको जोखिम बढेपछि काभ्रेका बनेपा,