२०८३, ७ कार्तिक शनिबार

१३ राजदूतको सुनुवाइ सुरु, १० दिनभित्र उजुरी दिन आह्वान

१३ राजदूतको सुनुवाइ सुरु, १० दिनभित्र उजुरी दिन आह्वान


काठमाडौं । सरकारले विभिन्न १३ मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।

संघीय संसद्को संयुक्त संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतका सम्बन्धमा सर्वसाधारण र सरोकारवालाबाट १० दिनभित्र उजुरी दिन आह्वान गरेको हो। बिहीबार बसेको समिति बैठकले सरकारी सञ्चारमाध्यम र संघीय संसद् सचिवालयको विद्युतीय पेजमार्फत उजुरी संकलन गर्ने निर्णय गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।

असोज २० गते बस्ने बैठकमा उजुरी खोलिनेछ। त्यसपछि उजुरीको अध्ययन गरी प्रस्तावित राजदूतहरूलाई क्रमशः संसदीय सुनुवाइका लागि बोलाइने समितिको तयारी छ। सरकारले भारत, चीन, अमेरिका, बेलायत, जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि १३ जनाको नाम राजदूतमा सिफारिस गरेको छ।

संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त गर्ने प्रक्रिया अघि बढ्नेछ, त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  १२ : ४६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना