२०८३, ७ आश्विन बिहीबार

च्यासलमा एमाले सचिवालय बैठक जारी, नेताहरूको जिम्मेवारी टुंग्याइँदै

च्यासलमा एमाले सचिवालय बैठक जारी, नेताहरूको जिम्मेवारी टुंग्याइँदै


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ। केन्द्रीय कमिटीको बैठककै बीचमा बिहान १० बजे सचिवालय बैठक बोलाइएको हो।

सचिवालय बैठकले नेताहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव टुंग्याएर केन्द्रीय कमिटी बैठकमा पेश गर्ने तयारी गरेको छ। एमालेको ११औँ महाधिवेशनपछि केन्द्रीय कमिटीका नेताहरूको कार्यविभाजन हुन सकेको थिएन।

बैठकमा स्थायी कमिटी र पोलिटब्युरो गठन, विभिन्न पार्टी विभागलाई पूर्णता दिने तथा भौगोलिक र गैरभौगोलिक कमिटीका सहइन्चार्ज तोक्ने विषयमा छलफल भइरहेको छ। निर्वाचन समीक्षा प्रतिवेदनका सुझावका आधारमा केही पार्टी कमिटी र जनसंगठनसम्बन्धी विषयसमेत बैठकको कार्यसूचीमा छन्।

सचिवालय बैठकपछि आजै मध्याह्न १२ः३० बजे केन्द्रीय कमिटी बैठक बस्ने कार्यतालिका छ। उक्त बैठकबाट स्थायी कमिटी, पोलिटब्युरो तथा नेताहरूको जिम्मेवारीसम्बन्धी निर्णय अनुमोदन तथा घोषणा गर्ने तयारी रहेको एमाले नेताहरूले बताएका छन्।

यसअघि केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिसकेको छ।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  ११ : २२ बजे

भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले भन्सार अधिकृतले

देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक, समानान्तर महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर

हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले उठाए आपत्कालीन स्वास्थ्य सेवाको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्र सिंह

पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण

काठमाडौं । पाकिस्तानले अफगानिस्तानका विभिन्न १० स्थानमा ड्रोन र हवाई

च्यासलमा एमाले सचिवालय बैठक जारी, नेताहरूको जिम्मेवारी टुंग्याइँदै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा