२०८३, ७ कार्तिक शनिबार

च्यासलमा एमाले सचिवालय बैठक जारी, नेताहरूको जिम्मेवारी टुंग्याइँदै

च्यासलमा एमाले सचिवालय बैठक जारी, नेताहरूको जिम्मेवारी टुंग्याइँदै


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ। केन्द्रीय कमिटीको बैठककै बीचमा बिहान १० बजे सचिवालय बैठक बोलाइएको हो।

सचिवालय बैठकले नेताहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव टुंग्याएर केन्द्रीय कमिटी बैठकमा पेश गर्ने तयारी गरेको छ। एमालेको ११औँ महाधिवेशनपछि केन्द्रीय कमिटीका नेताहरूको कार्यविभाजन हुन सकेको थिएन।

बैठकमा स्थायी कमिटी र पोलिटब्युरो गठन, विभिन्न पार्टी विभागलाई पूर्णता दिने तथा भौगोलिक र गैरभौगोलिक कमिटीका सहइन्चार्ज तोक्ने विषयमा छलफल भइरहेको छ। निर्वाचन समीक्षा प्रतिवेदनका सुझावका आधारमा केही पार्टी कमिटी र जनसंगठनसम्बन्धी विषयसमेत बैठकको कार्यसूचीमा छन्।

सचिवालय बैठकपछि आजै मध्याह्न १२ः३० बजे केन्द्रीय कमिटी बैठक बस्ने कार्यतालिका छ। उक्त बैठकबाट स्थायी कमिटी, पोलिटब्युरो तथा नेताहरूको जिम्मेवारीसम्बन्धी निर्णय अनुमोदन तथा घोषणा गर्ने तयारी रहेको एमाले नेताहरूले बताएका छन्।

यसअघि केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिसकेको छ।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  ११ : २२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना