काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर प्रश्न उठ्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्री र सांसदलाई छलफलमा बोलाएका छन्। रास्वपा संसदीय दलको कार्यालयमा बुधबार बिहान ११ बजे हुने छलफलमा पछिल्लो समय देखिएका गतिविधि, सरकार र सांसदबीचको समन्वय तथा संसद्मा सांसदको भूमिकाबारे समीक्षा हुने भएको छ। पार्टीका एक…