काठमाडौँ, १४ भदौ : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनताको हितमा काम गर्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई आग्रह गर्नुभएको छ । काङ्ग्रेसबाट जितिएका नगरपालिकाका प्रमुख तथा उपप्रमुखको सम्मानमा आज साँझ दिनुभएको रात्रीभोजमा उहाँले भन्नुभयो, “तपाईहरुले गरेको कामको आधारमा पार्टी बलियो वा कमजोर हुन्छ, त्यसैले पार्टी बलियो हुने गरी जनअपेक्षाअनुसार काम गर्नुहोस् ।” महामन्त्री कोइरालाले…