काठमाडौँ, १४ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टलाई महान् देशभक्त र राष्ट्रवादी नेताका रुपमा नेपाल र नेपाली जनताले स्मरण गरिरहने बताउनुभएको छ । ‘कीर्तिनिधि विष्ट : प्रखर राष्ट्रवादी नेता’ नामक पुस्तकको आज यहाँ आयोजित कार्यक्रममा लोकार्पण गर्दै उहाँले देशभक्त नेताका रुपमा नेपालको इतिहासमा अङ्कित विष्टको नाम कहिल्यै नमेटिने उल्लेख गर्नुभयो । प्रधानमन्त्री…