२०८३, २१ आश्विन बिहीबार

सूचनाको हकको अभ्यासको संस्थागत विकास हुनु सकारात्मक : प्रधानन्यायाधीश

सूचनाको हकको अभ्यासको संस्थागत विकास हुनु सकारात्मक : प्रधानन्यायाधीश


काठमाडौँ, १२ असोज : प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले नेपालमा सूचनाको हकको अभ्यासको संस्थागत विकास हुनु सकारात्मक भएको बताउनुभएको छ । सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तराष्ट्रिय दिवस–२०७५ का अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित कार्यक्रममा उहाँले सूचनाको हकको अभ्यासको संस्थागत विकास हुँदा नागरिक सूचना खोज्न उत्साहित हुने बताउनुभयो ।

प्रधानन्यायाधीश मिश्रले सर्वोच्च अदालतले नागरिकमा न्यायमा पहुँच पु¥याउन विभिन्न कार्यक्रममा सञ्चालन गरिरहेको जानकारी दिँदै नागरिकलाई कसरी न्याय दिने भन्नेमा न्यायालयले योजना बनाएर काम गरिरहेको स्पष्ट पार्नुभयो । खुल्ला समाज तथा चेतनाको वृद्धिले सूचनाको हकको प्रयोजनमा वृद्धि हुने उल्लेख गर्दै उहाँले सूचनाको हकले सबैलाई पारदर्शिता, उत्तरदायित्व र जिम्मेवार बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानन्यायाधीश मिश्रले आयोगले इजलास सञ्चालन गर्ने अवधारणा शुरु गरेकोप्रति स्वागत गर्दै सेवाग्राहीका लागि इजलास सर्वोत्तम उपहार भएको उल्लेख गर्नुभयो । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना नदिएको उजुरीका आधारमा आयोगले दुई दर्जनलाई कारवाही गरेको जानकारी दिँदै नेपालको अदालतले पनि सूचनाको हकको पक्षमा आदेश तथा फैसला दिएको बताउनुभयो ।

आयोगका आयुक्त यशोदा तिम्सिनाका अनुसार आयोगमा चार वर्षमा चार हजार ५०० उजुरी परेका छन् । नेपालको संविधानको धारा, २७ मा सूचनाको हकसम्बन्धी व्यवस्था गरिएको छ । यो हकको प्रभावकारी प्रचलनका लागि सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली २०६५ जारी भएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ आश्विन शुक्रबार  ६ : ४० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको