२०८३, ३ आश्विन आईतबार

‘काङ्ग्रेसमा गुट उपगुट छैन’: उपसभापति निधि

‘काङ्ग्रेसमा गुट उपगुट छैन’: उपसभापति निधि


तुलसीपुर, १३ असोज: नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा गुट उपगुट नरहेको दाबी गर्नुभएको छ । शुक्रबारदेखि शुरु भएको काङ्ग्रेस प्रदेश नं ५ प्रदेशस्तरीय विधान संशोधन भेलाको समापन गर्दै उहाँले गुट उपगुटका कारण पार्टी कम्जोर भएको भन्दै केन्द्रदेखि स्थानीय तहसम्म एक हुनुपर्ने बताउनुभयो ।

उपसभापति निधिले भन्नुभयो, “अब पार्टीका दुई खेमा हुदैन त्यसको अत्यका लागि केन्द्रदेखि स्थानीय सम्म एउटै हुने प्रयत्नमा छौँ, अब तपाईंहरु पनि पार्टीलाई एकढिक्का बनाएर बलियो पार्टी बनाउनतर्फ लााग्नुहोस् ।” उहाँले विभिन्न कारणले पार्टीले चुनावमा हार व्यहोर्नु परेको उल्लेख गर्दै काङ्ग्रेसलाई पहिलो पार्टी बनाउन आफूहरु लागेको बताउनुभयो । पार्टीलाई आधुनिक राजनीतिक प्रणालीमा लैजान विधान संशोधन अनिवार्य भएको उल्लेख गर्दै उपसभापति निधिले सङ्घीय संरचना, धर्मनिरपेक्षता, लोकतन्त्र, समाजवाद, अहिंसाजस्ता पार्टीको मुद्दालाई सार्थक रूपमा अगाडि बढाउनकै लागि विधान संशोधन आवश्यक भएको बताउनुभयो ।

विधान संशोधन समितिका संयोजक रमेश लेखकले पार्टीको विधान समयसापेक्ष संशोधन गर्न आवश्यक भएकाले विधानलाई परिमार्जन गर्न लागिएको जानकारी दिनुभयो । काङ्ग्रेस प्रदेश नं ५ अन्तर्गत दाङ, बाँके, बर्दिया, रुपन्देही, प्यूठान, रोल्पा, पश्चिम रुकुमका काङ्ग्रेस केन्द्रीय सदस्य, प्रदेश प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा सदस्य, सबै भ्रातृ सङ्गठनका प्रतिनिधि सहभागी भएको भेलामा विभिन्न पाँच भागमा विभाजन गरेर विधान मस्यौदामा सुझाव सङ्कलन गरिएको थियो ।

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  ८ : ५६ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका