२०८३, २५ जेष्ठ मंगलबार

कांग्रेस मुक्त गाउँ, सबै काँग्रेस कार्यकर्ता नेकपामा प्रवेश

कांग्रेस मुक्त गाउँ, सबै काँग्रेस कार्यकर्ता नेकपामा प्रवेश


रुकुम असोज १३ रुकुम पश्चिममा कांग्रेसका नगर सचिव सहित १०० जनाले पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा प्रवेश गरेका छन् । कांग्रेस आठबीसकोट नगरपालिकाका सचिव ध्रुवजंग शाह सहित सात दर्जन कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।

नेकपामा प्रवेश गर्नेमा शाह सहित कांग्रेस आठबीसकोट नगरका नेता शसिराम सार्की, तरुण दलका नगर अध्यक्ष दिलिप बटाला ९कर्ण०, सचिव दिलिप बटाला र नेविसंघका क्षेत्रिय सदस्य सबिन बटाला रहेका छन् ।

त्यस्तै मनोज बटाला, कर्णवहादुर केसी, प्रेमप्रकाश बटाला, बिरेन्द्र बटाला, नरेन्द्र बटाला, गंगालाल खत्री, प्रकाश गौतम, बिरेन्द्र केसी, बिर्खवहादुर पुरी, जोखे सार्की, कर्णवहादुर पुन, प्रेमवहादुर खत्री र रामबहादुर बस्नेतले पनि कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका छन् ।

अब देश बनाउने भनेकै बामपन्थी भएकाले आफुहरु नेकपामा प्रवेश गरेको शाह नेतृत्वको टीमले बताएको छ । एक कार्यक्रमबीच नेकपाले उनीहरुलाई पार्टीमा प्रवेश गराएको हो । नेकपाका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा प्रभाकर र नेकपाका नेता ठकेन्द्रप्रकाश पुरी लगाएतले पार्टी प्रवेश गराए ।

प्रकाशित मिति : २०७५, १५ आश्विन सोमबार  ७ : ४० बजे

सम्पत्ति शुद्धीकरण मुद्दाः दीपक भट्ट र शुलभ अग्रवालमाथि थप तीन दिन हिरासत

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक भट्ट र

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ