२०८३, २४ आश्विन आईतबार

तेस्रो लिङ्गी शब्दमा सांसदकै आपत्ति

काठमाडौं, माघ १९ : नागरितामा तेस्रो लिङ्गी भन्ने शब्द राख्ने कि नराख्ने भनेर सांसदहरुबीच मतभेद भएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले तेस्रो लिङ्गीलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा आआफ्नो तर्क प्रस्तुत गरेका थिए । धेरैजसो तेस्रो लिङ्गीभन्दा उनीहरुको सम्मानमाथि चोट पुग्ने भन्दै सांसदहरुको त्यसको साटो अन्य लेखिनुपर्ने बताए…