२०८३, २५ आश्विन सोमबार

दुई अध्यक्षमाथि नेता नेपालको अविश्वास, गरे छुट्टै भेला

दुई अध्यक्षमाथि नेता नेपालको अविश्वास, गरे छुट्टै भेला


काठमाडौं, असोज १३: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सांगठानिक एकता प्रक्रिया टुंगो नलाग्दै उत्कर्षमा पुगेको छ ।आन्तरिक विवादको कारण सांगठनानिक एकता प्रक्रिया लम्बिएको बेला नेतृत्वको विवाद सतहमा आएको हो ।नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेका बेला पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै भेला गर्नुभएको छ ।

सात प्रदेश नेतृत्व चयनमा सहभागिता नगराइएको, पार्टीको सांगठानिक एकता प्रक्रियामा अध्यक्षद्वयले अधिकार आफ्नो हातमा लिएर निर्णय गरेको अध्यक्षद्वय विदेश जाँदा पनि कार्यबहाक अध्यक्षको जिम्मेवारी नदिएकोप्रति नेता नेपाल पक्ष असन्तुष्ट रहँदै आउनुभएको छ । सांगठानिक एकीकरणबाट सुरु भएको विवाद छुट्टै भेला बोलाउने अवस्था सृजना भएको छ ।भेलामा नेता नेपालले पार्टीको सम्पूर्ण अधिकार दुई अध्यक्षमा केन्द्रित भएको भन्दै सबै अधिकार पार्टीको स्थायी कमिटीमा ल्याउनुपर्ने माग गर्नुभयो ।

स्थायी कमिटी सदस्यहरुलाई चाँडोभन्दा चाँडो स्थायी कमिटीको बैठक बोलाउन दबाब दिन आग्रह गर्दै उहाँले अध्यक्षद्वयले एकलौटी निर्णय गरेर अगाडि बढ्नु गलत भएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।वरिष्ठ नेता नेपालको भनाइ उदृत गर्दै नेपाल निकट एक नेताले भने– ‘पार्टी विधि र पद्दतीमा चल्नुपर्छ, सामुहिक निर्णय गरेर अगाडिढ बढनुपर्छ, पार्टीमा छलफल नगरेर अध्यक्षद्वयले मात्र अधिकार केन्द्रीत गर्न खोल्नु ठिक तरिका भएन, पार्टीमा अध्यक्षद्धयले मन लाग्दै गर्ने निर्णय टुलुटुल हेरेर बस्न सकिँदैन ।’ आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  ७ : ०५ बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम