२०८३, २९ भाद्र मंगलबार

हतियारधारी भारतीय फौज सुस्ता प्रवेश, बाँध भत्काउँदा प्रतिकारमा ३ नेपाली घाइते

नवलपरासी। भारततर्फबाट आएका हतियारधारी सुरक्षाकर्मीले नेपाल–भारत सीमास्थित सुस्ता क्षेत्रमा प्रवेश गरी बाँध भत्काएको आरोप लागेको छ। स्थानीयले प्रतिकार गर्ने क्रममा झडप हुँदा तीन जना नेपाली घाइते भएका छन्। स्थानीयका अनुसार भारतीय पक्षले सीमावर्ती क्षेत्रमा रहेको बाँध डोजर प्रयोग गरेर भत्काउन खोजेपछि नेपाली बासिन्दाले विरोध गरेका थिए। त्यसक्रममा दुवै पक्षबीच तनाव बढ्दै झडप भएको बताइएको छ।…