२०८२, १२ कार्तिक मंगलबार

स्थानीय भाषामा सूचना प्रवाह सुरु, एनटिभी वर्ल्ड असोज ३ मा लञ्च हुने सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय भाषाको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न माध्यमबाट सूचना प्रसारण सुरु गरिएको जानकारी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित ३१औँ तामाङ प्रसारण दिवसको अवसरमा आयोजित तामाङ मिडिया अवार्ड वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सुदूरपश्चिमको डोटीमा डोटेली भाषामा र सुर्खेतमा खस भाषामा रेडियोमार्फत सूचना प्रसारण सुरु गरिएको बताए…