२०८३, २० आश्विन बुधबार

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएसँगै गगन थापालाई निर्विरोध सभापति बनाउने बाटो खुलेको छ।

बुधबार पत्रकार सम्मेलन गर्दै राठौरले पार्टी संकटको अवस्थामा विभाजन र प्रतिस्पर्धालाई निरन्तरता दिनुभन्दा एकताबद्ध भएर अघि बढ्नु आवश्यक रहेको भन्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्। राठौरले सभापतिका अर्का उम्मेदवार गगन थापाले अघि सारेको ‘मिलेर जाने’ प्रस्तावलाई समर्थन गर्दै आफू पछि हटेको स्पष्ट पारे। उनले व्यक्तिगत आकांक्षाभन्दा पार्टीको एकतालाई प्राथमिकता दिएको दाबी गरे। राठौरको फिर्तीसँगै कांग्रेसको सभापति निर्वाचनमा थापाको पक्षमा राजनीतिक माहोल थप अनुकूल बनेको छ। प्रतिस्पर्धाबाटै नेतृत्व चयन गर्ने अवस्थामा पुगिसकेको कांग्रेस महाधिवेशन अब थापालाई निर्विरोध सभापति बनाउने कसरततर्फ मोडिएको छ।

राठौरले कांग्रेसलाई एकताबद्ध र बलियो बनाउन आफू आगामी दिनमा पनि सक्रिय रहने बताएका छन्।

प्रकाशित मिति : २०८३, २० आश्विन बुधबार  ३ : १९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको