२०८३, २१ आश्विन बिहीबार

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताकेन्द्रित राजनीतिप्रति गम्भीर आत्मसमीक्षा गरेका छन्। उनले फरक विचार र सिद्धान्त बोकेका दलसँग सत्ता प्राप्तिका लागि गरिएका अप्राकृतिक गठबन्धनले पार्टीलाई जनताबाट टाढा पुर्‍याएको निष्कर्ष निकालेका छन्।

जारी केन्द्रीय समिति बैठकमा ३९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यादवले सत्ता प्राप्तिलाई नै राजनीतिको अन्तिम उद्देश्य बनाउने प्रवृत्तिले दलप्रति जनताको विश्वास कमजोर बनेको बताएका छन्। यादवले अब सत्ता प्राप्तिका लागि जुनसुकै दलसँग सम्झौता गर्ने शैली त्यागेर विचार, सिद्धान्त र राजनीतिक एजेण्डाका आधारमा गठबन्धनको निर्णय लिनुपर्ने प्रस्ताव गरेका छन्। उनले सरकारमा जाने कि प्रतिपक्षमा बस्ने भन्ने विषयमा समेत पार्टीले स्पष्ट मापदण्ड बनाउनुपर्ने बताएका छन्। उनका अनुसार सत्ता परिवर्तनको साधन हुनुपर्ने हो, राजनीतिको अन्तिम गन्तव्य होइन।

प्रतिवेदनमा भ्रष्टाचार, कमिसन, आर्थिक अनियमितता, नातावाद र सत्ता दुरुपयोगले राजनीतिक दलप्रतिको जनविश्वास कमजोर बनाएको उल्लेख छ। सरकारमा सहभागी हुँदा जनताले प्रत्यक्ष अनुभूति गर्ने सुशासन, रोजगारी, सामाजिक सुरक्षा र लोककल्याणकारी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने यादवको जोड छ। उनले संघीयता र लोकतान्त्रिक गणतन्त्र असफल नभएको दाबी गर्दै समस्या त्यसका उपलब्धिलाई जनताको दैनिक जीवनमा अनुभूति हुने परिणाममा बदल्न नसक्नु रहेको बताएका छन्। यादवले अबको राजनीति ‘सरकार बनाउने र गिराउने’ चक्रमा सीमित हुन नहुने भन्दै पार्टीको वैचारिक आधार बलियो बनाउन, संगठनलाई जनमुखी बनाउन र जनतासँग टुटेको सम्बन्ध पुनः स्थापित गर्नुपर्ने बताएका छन्।

प्रकाशित मिति : २०८३, २१ आश्विन बिहीबार  ३ : ३३ बजे

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक

एमालेको स्थायी कमिटीमा विद्यादेवी भण्डारीको ‘इन्ट्री’, वरिष्ठ नेताको हैसियतमा पहिलो सहभागिता

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी