काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ। आइतबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्रका लागि प्रतिनिधिहरू धमाधम भृकुटीमण्डप प्रवेश गर्न थालेका छन्। बिहानैदेखि भृकुटीमण्डप परिसरमा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य चहलपहल देखिएको छ। देशभरबाट आएका प्रतिनिधिहरू आ–आफ्नो परिचयपत्रसहित बन्दसत्र स्थल प्रवेश गर्दैछन् भने नेतृत्व तहका नेताहरू आन्तरिक छलफलमा व्यस्त देखिन्छन्। महाधिवेशन प्रचार–प्रसार…