२०८३, १२ कार्तिक बिहीबार

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?


काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न शीतल निवास पुगेका छन्। विशेष महाधिवेशन आव्हानपछि पार्टी विभाजनको डिलमा रहेको बेला देउवाको भेटलाई राजनीतिक वृत्तले अर्थपूर्ण रूपमा हेरिरहेको छ।

आज बिहान देउवा र शेखर कोइरालाबीच भेट भएपनि त्यसपछि पनि पार्टीभित्रको मतभेद र रणनीतिक छलफल जारी रहेको छ। स्रोतका अनुसार देउवाले शीतल निवासको भेटमा पार्टीभित्रको विवाद र विशेष महाधिवेशनको तालिका बारे सल्लाह गर्न खोजेका हुन्।

विशेष महाधिवेशन स्थगित भएपछि संस्थापन पक्षले थप कदम चाल्ने अडान लिएको छ। उनीहरूले प्रतिनिधिसभा उम्मेदवारी दर्ता र राष्ट्रियसभा चुनावपछि महाधिवेशनको तालिका ल्याउने प्रस्ताव राखेका छन्। यसले देउवाको कदमलाई “सामुहिक राजनीतिक संवादको प्रयास”को रूपमा हेर्ने संकेत दिन्छ।

राजनीतिक विश्लेषकहरूको भनाइ अनुसार, देउवाको राष्ट्रपति भेट सिर्फ औपचारिकता नभई पार्टीमा आन्तरिक सन्तुलन कायम राख्ने रणनीतिको भाग हुन सक्छ। यसले संस्थापन र विशेष महाधिवेशन पक्षबीच थप संवादको ढोका खोल्ने संभावना देखाउँछ।

तर, अहिलेसम्म कुनै निर्णायक निचोड निस्केको छैन। पार्टीभित्रको मतभेद र आगामी राजनीतिक तालिका तय हुन नसकेको अवस्थामा देउवाको कदमले मात्रै विवाद टार्न वा पार्टीलाई स्थायित्वतर्फ लैजान सक्ने हो कि भन्ने प्रश्न खुला छ।

प्रकाशित मिति : २०८२, २६ पुस शनिबार  १२ : १४ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता