२०८३, ३० भाद्र बुधबार

कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा प्रतिनिधिहरूको चहलपहल

कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा प्रतिनिधिहरूको चहलपहल


काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ। आइतबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्रका लागि प्रतिनिधिहरू धमाधम भृकुटीमण्डप प्रवेश गर्न थालेका छन्।

बिहानैदेखि भृकुटीमण्डप परिसरमा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य चहलपहल देखिएको छ। देशभरबाट आएका प्रतिनिधिहरू आ–आफ्नो परिचयपत्रसहित बन्दसत्र स्थल प्रवेश गर्दैछन् भने नेतृत्व तहका नेताहरू आन्तरिक छलफलमा व्यस्त देखिन्छन्।

महाधिवेशन प्रचार–प्रसार समितिका अनुसार बन्दसत्रको सुरुआत विशेष महाधिवेशन सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्ने कार्यतालिकाबाट हुनेछ। त्यसपछि नौ वटा समूह निर्माण गरी चार वटा प्रमुख विषयमा नीति मन्थन गरिने कार्यक्रम रहेको छ।

पार्टीभित्र देखिएको आन्तरिक मतभेदका बीच भइरहेको यो बन्दसत्रलाई कांग्रेसको आगामी राजनीतिक दिशा र संगठनात्मक निर्णयका हिसाबले महत्वपूर्ण मानिएको छ। बन्दसत्रबाट आउने निष्कर्षप्रति कांग्रेस नेतृत्वदेखि आम कार्यकर्तासम्मको चासो केन्द्रित भएको छ।

प्रकाशित मिति : २०८२, २८ पुस सोमबार  ११ : ४१ बजे

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, मर्जरको बाटो खोल्दै लाभांश प्रस्ताव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औँ वार्षिक साधारण सभा असोज

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी