२०८३, २० आश्विन बुधबार

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी


काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई नयाँ नाम थप गरेको छ। समानुपातिक सूचीमा रहेका दुई उम्मेदवारले राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएपछि उनीहरूको सट्टा दैलेखकी सत्यदेवी खड्का र दोलखाका टेकबहादुर घतानीको नाम समावेश गरिएको हो।

एमालेले शुक्रबार बेलुकी ती नाम निर्वाचन आयोगमा पेश गरेको र उक्त प्रक्रिया संयोजन गरिरहेका केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिएका छन्। यसअघि समानुपातिक बन्दसूचीमा समावेश रहेकी लीलाकुमारी भण्डारी र सोमनाथ पोर्तेलले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको उम्मेदवारी फिर्ता लिएका थिए। भण्डारीको नाम बन्दसूचीको १० नम्बरमा रहेको थियो भने पोर्तेलको नाम दलिततर्फ १३ र दलित पुरुषतर्फ ५ नम्बरमा थियो।

एमालेले राष्ट्रियसभा सदस्यका लागि कोशी प्रदेशबाट पोर्तेल र सुदूरपश्चिम प्रदेशबाट भण्डारीलाई उम्मेदवार बनाएको छ। उनीहरूले पुस २२ गते राष्ट्रियसभा सदस्यको उम्मेदवारी दिन समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिएका थिए।

उनीहरूको स्थानमा समावेश भएकी सत्यदेवी खड्का एमाले सम्पर्क मञ्चमा सक्रिय रहँदै आएकी छन्। टेकबहादुर घतानी दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–६ का स्थायी बासिन्दा हुन्।

प्रकाशित मिति : २०८२, २६ पुस शनिबार  १० : ५९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको