२०८३, १२ कार्तिक बिहीबार

पार्टी फुटाउने प्रयास भयो, तर कांग्रेस फुट्दैन-यो रोक्छौं : देउवा

पार्टी फुटाउने प्रयास भयो, तर कांग्रेस फुट्दैन-यो रोक्छौं : देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी फुटाउने प्रयास भइरहेको भए पनि कांग्रेस नफुट्ने र त्यसलाई आफूहरूले रोक्ने स्पष्ट पारेका छन्।

आइतबार बिहान पार्टीका नेता–कार्यकर्तासँगको भेटमा देउवाले विशेष महाधिवेशन पक्षप्रति संकेत गर्दै भने, “पार्टी फुटाउने प्रयास भयो, तर कांग्रेस फुट्दैन। यो हामी रोक्छौं।”

देउवाले विशेष महाधिवेशनलाई वैधानिक नमान्ने अडान दोहोर्‍याउँदै बन्दसत्रबाट आउने निर्णयका आधारमा आवश्यक कदम चालिने बताए। उनका अनुसार पार्टी विधान र प्रक्रिया विपरीत गरिने कुनै पनि गतिविधिलाई मान्यता दिइने छैन।

सभापति देउवालाई भेट्न संस्थापन पक्षका केही नेताहरू पनि बिहानै पुगेका थिए। भेटमा कांग्रेसको एकता जोगाउने विषयमा छलफल भएको बताइएको छ।

यसैबीच, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन सुरु भइसकेको छ र आजदेखि बन्दसत्रका कार्यक्रम सुरु हुँदैछन्। विशेष महाधिवेशन पक्षले बहुमत प्रतिनिधि सहभागी भएको दाबी गरेको छ।

विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र देखिएको मतभेदले पार्टीभित्र राजनीतिक तनाव बढेको छ। संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीचको टकरावले कांग्रेसको एकता र आगामी राजनीतिक दिशाबारे गम्भीर बहस सिर्जना गरेको छ।

प्रकाशित मिति : २०८२, २८ पुस सोमबार  ११ : ३० बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता