२०८३, ३० भाद्र बुधबार

सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै जनमत निर्माण गर्न एमाले महासचिवको निर्देशन

सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै जनमत निर्माण गर्न एमाले महासचिवको निर्देशन


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको पक्षमा जनमत सिर्जना गर्न जनसंगठनहरूलाई सक्रियतापूर्वक परिचालित गर्न निर्देशन दिनुभएको छ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको पक्षमा जनमत सिर्जना गर्न जनसंगठनहरूलाई सक्रियतापूर्वक परिचालित गर्न निर्देशन दिनुभएको छ।

पार्टी केन्द्रीय कार्यालयमा आज सम्पन्न जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसंगठनहरूलाई निर्वाचन अभियानको अग्रपंक्तिमा उभिन आवश्यक रहेको र पार्टीको नीति, विचार र उपलब्धि जनतासम्म प्रभावकारी ढंगले पुर्‍याउने जिम्मेवारी जनसंगठनकै काँधमा रहेको बताए। उहाँले निर्वाचन केन्द्रित बैठक, अभियान र संवादलाई तीव्र बनाउन मातहतका निकायका प्रतिनिधिलाई आग्रह गर्नुभयो।

बैठकले सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत पार्टीको पक्षमा जनमत निर्माण गर्न विशेष जोड दिएको छ। महासचिव पोखरेलले सबै जनसंगठनहरूले युवासहित विभिन्न वर्ग, समुदाय र पेशागत समूहमा पार्टीको सन्देश सशक्त रूपमा पुर्‍याउनुपर्ने उल्लेख गर्नुभयो।

यसैबीच, महासचिव पोखरेलले भदौ २३ र २४ का घटनाहरू स्वस्फूर्त नभई योजनाबद्ध भएको दाबी गर्दै, ती घटनामा संलग्न व्यक्तिहरूको फुटेज सार्वजनिक भइसकेको र जनतासँग जानकारी साझा गर्न आवश्यक रहेको बताए। उहाँले ती घटनामा टीओबी, फ्रि तिब्बत मुभमेन्ट र बारबरा फाउन्डेसनसम्मको संलग्नता देखिएको दाबी गर्नुभयो।

पार्टी सचिव र जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जनसंगठनलाई थप सक्रिय, अनुशासित र परिणाममुखी रूपमा परिचालन हुन निर्देशन दिनुभयो। उहाँले आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न प्रत्यक्ष सम्पर्क, संवाद र अभियानलाई प्राथमिकता दिनुपर्ने बताए।

प्रकाशित मिति : २०८२, २५ पुस शुक्रबार  २ : १५ बजे

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, मर्जरको बाटो खोल्दै लाभांश प्रस्ताव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औँ वार्षिक साधारण सभा असोज

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी