काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) २०८०/८१ मा उत्कृष्ट नतिजा ल्याएका छ वटा स्थानीय तहलाई भदौ ६ गते सम्मान गर्ने भएको छ । सम्मानित हुनेमा खैरहनी नगरपालिका (चितवन), तिलोत्तमा नगरपालिका (रुपन्देही), नीलकण्ठ नगरपालिका (धादिङ), अर्जुनचौपारी गाउँपालिका (स्याङजा), बेनीघाट रोराङ गाउँपालिका (धादिङ) र रुरुक्षेत्र गाउँपालिका (गुल्मी) छन् ।…