२०८३, २८ आश्विन बिहीबार

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार कक्ष (मोडुलर आईसीयू)

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार कक्ष (मोडुलर आईसीयू)


भक्तपुर, २९ असोज : अस्पताल स्थापना भएको २७ वर्षपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा आजबाट १५ शैयाको अत्याधुनिक सघन उपचार कक्ष (मोडुलर आईसीयू) संचालनमा आएको छ ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले आज अस्पतालमा आयोजित कार्यक्रममा मोडुलर आईसीयूको उद्घाटन गरेसंगै सञ्चालनमा आएको हो ।

नगर प्रमुख श्रेष्ठले अब भक्तपुर र पूर्वबाट आएका विरामीलाई अत्याधुनिक आईसियू खोज्दै काठमाडौंमा भौतारिनु नपर्ने बताउदै अस्पतालल सञ्चालनमा आएका गम्भिर रोगका विरामी र शल्यक्रियामा समेत यो आईसियू प्रभावकारी रुपमा प्रयोगमा आउने बताउनुभयो ।

अस्पतालले प्रदान गर्द आएको गुणस्तरीय सेवामा आइसियूले थप टेवा पुग्ने बताउदै नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘देशभरका नगरपालिकाहरुद्धारा सञ्चालित अस्पताल मध्ये नेपाल कोरिया मैत्री अस्पताल सबैभन्दा सुविधा सम्पन्न र ठूलो अस्पतालको रुपमा पहिचान बनाउन सफल भएको छ । यस अस्पताल विमा क्लेम गर्ने पाँचौं ठुलो अस्पताल समेत बन्नु हाम्रो लागि गौरवको विषय हो । नगरपालिकाले यस अस्पतालको सेवालाई अझै स्पेशिलिष्ट सेवाहरु बिस्तार गर्दै लैजान्छ ।’

अस्पतालले प्रवाह गर्ने सबै सेवाहरु गुणस्तरीय भएकै कारण हरेक वर्ष उपचारका लागि आउने विरामीका संख्या सेवा दिनानुदिन बढ्दै गएको बताउदै उहाँले अहिले दैनिक ११ सय भन्दा बढी विरामी उपचारको लागि आउने गेको बताउनुभयो ।

उहाँले नयाँ सुविधा सम्पन्न नयाँ भवन निर्माणको अन्तिम चरणमा पुगेको बताउदै नयाँ भवन सञ्चालनमा आएपछि विरामीको लागि धेरै सुविधा थपिने बताउनुभयो । अस्पतालले छिट्टै मुटुरोग (कार्डियो) सेवा समेत सञ्चालन गर्ने तयारी गरेको र मुटु रोगका विरामीलाई सहजताका लागि ए ग्रेडको एम्बुलेन्स समेत सञ्चालनमा ल्याउने तयारी गरेको बताउनुभयो ।

नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘हामीले विरामीको घरदैलो सेवा प्रवाह सञ्चालन गरेका छौै, अस्पतालले प्रोटेवल अल्ट्रासाउन्ड मेसिन समेत खरिद गरेर वडा वडामा पुगेर घरदैलो सेवा दिएकै कारण मुलुकका १० उत्कृष्ट सामुदायिक अस्पताल भित्रमा यो अस्पताल पर्न भएको हो । हामीले चाँगुनारायण अस्पतालमा समेत यहाँबाट विशेषज्ञ सेवा दिने गरका छौं ।’

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख बिजयकृष्ण श्रेष्ठले चारवर्ष अगाडिसम्म नोक्सानमा चलिरहेको यो अस्पताल गुणस्तरीय सेवा सुबिधा थप भएसंगै अहिले फाईदामा पुगेको भन्दै यस अस्पताललाई विशिष्टिकृत अस्पतालका रूपमा विकास गरिरहेको बताउनुभयो ।

अस्पतालमा अत्याधुनिक आइसियु सञ्चालनमा आएसंगै बिरामीले आइसियु नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउदै उहाँले यस अस्पताललाई देशभरकै उत्कृष्ट अस्पतालका रुपमा विकास गर्ने बताउनुभयो ।

अस्पताल सञ्चालन समितिका सदस्य हरिदाश प्रजापति, अस्पतालका कार्यकारी निर्देशक डा. डिके रौशन, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अन्जना खड्का, नगर प्रबक्ता कृष्णहरी आचार्यलगायतले अब विरामीले आईसियू खोज्दै अन्यत्र जानुपर्ने वाध्यता हट्ने र स्थानीयले  कम शुल्कमा गुणस्तरीय सेवा पाउने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८३, २८ आश्विन बिहीबार  १० : ३२ बजे

गगनको टिममा नयाँ अनुहार, कांग्रेस रूपान्तरणको चुनौती

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित

राजनीतिक उपलब्धि जोगाउन सबै शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको

आफूअनुकूल सरकार बनाउने प्रवृत्तिको छानबिन हुनुपर्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रियाबाहिरबाट

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको फराकिलो जित

काठमाडौं । नेपाली कांग्रेसको दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’