बुटवल । नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री चेतनारायण आचार्य सरकारमाथि राजनीतिक दबाब बढेको छ। जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले सोमबार प्रदेशसभा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयसहित सदस्यहरूलाई पत्र पठाउँदै आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता लिन निर्देशन दिएका हुन्। जसपाले मुख्यमन्त्री आचार्यले…