काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र रोशी–८ गिम्दीबेँसीमा पहिरो खसेपछि राजमार्गमा यातायात ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुवै स्थानमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
वर्षा जारी रहेकाले तत्काल पहिरो पन्छाएर सडक सञ्चालन गर्न कठिन हुने प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले बताएका छन्।
उनले राजमार्गको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। सडक अवरुद्ध भएपछि बिपी राजमार्ग भएर यात्रा गर्ने सवारीसाधन तथा यात्रु प्रभावित भएका छन्।







प्रतिक्रिया