काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने गरी सडक विभागले काम तीव्र बनाएको छ। सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार बैरेनीदेखि गलौंदीसम्मको करिब १३ किलोमिटर सडकमा बाढीले थुपारेको लेदो हटाउने काम भइरहेको छ। मुग्लिनदेखि गलौंदी तथा काठमाडौंदेखि बैरेनीसम्मको सडक भने सञ्चालनका लागि क्लियर रहेको विभागले जनाएको…