भक्तपुर, २५ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई योग, स्वास्थ्य र समृद्धिको नमुना प्रदेश बनाउने घोषणा गर्नु भएको छ ।
आज पातञ्जल योग समिति नेपालको आयोजना तथा शुभकामना सामूहिक योग साधना केन्द्रको व्यवस्थापनमा भक्तपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले बागमती प्रदेशका नागरिकको पहुँचमा योग र स्वस्थ जीवनशैली पु¥याउन ‘प्रादेशिक योग परिषद्’ निर्माण गर्ने बताउनु भएको हो ।
मुख्य मन्त्री थापाले भक्तपुर जिल्लालाई योग, शिक्षा, स्वास्थ्य र पर्यटनको एकीकृत हबका रूपमा रूपान्तरण गर्दै बागमती प्रदेशका १३ वटै जिल्लामध्ये एक मुख्य नमुना जिल्ला बनाउने आधारशिला तयार भइरहेको बताउनुभयो ।
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत गठित प्रादेशिक योग समितिका सदस्य एवं पातञ्जल योग समितिका महासचिव डा. नवराज काफ्लेले प्रादेशिक योग परिषद् निर्माणको प्राविधिक तथा नीतिगत गृहकार्य द्रुत गतिमा भइरहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका संरक्षक बालमुकुन्द सुवाल, कार्यक्रमका सभापति तथा पातञ्जल योग समिति नेपालका अध्यक्ष सुदर्शन सुवेदीलगायतले देशभर योग साधनाको प्रचार–प्रसार, साधकहरूको सशक्तिकरणलाई पुर्याउनु पर्ने बताउनुभयो ।
प्रकाशित मिति :
२०८३, २४ आश्विन आईतबार ८ :
५३ बजे
प्रतिक्रिया