२०८२, २५ चैत्र बिहीबार

क्षतिग्रस्त बीपी राजमार्गको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । बाढीपहिराले क्षतिग्रस्त भएको बीपी राजमार्गको तीन प्रमुख खण्डमा स्थायी पुनर्निर्माण काम सुरु भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार चौकीडाँडा, मङ्गलटार र नार्के गिम्दी क्षेत्रमा निर्माण थालिएको छ। निर्मित सडक दुई लेनको हुनेछ र सडकमा रहेका पाँच पुललाई पनि दुई लेनको बनाइने छ। कुल २९.५ किलोमिटर सडकखण्डको पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य…