२०८३, २९ असार मंगलबार

मुख्यमन्त्री यादवको आह्वान : तोडफोड र अराजकताविरुद्ध संयमित रहन आग्रह

मुख्यमन्त्री यादवको आह्वान : तोडफोड र अराजकताविरुद्ध संयमित रहन आग्रह


जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा भइरहेको तोडफोड र अराजक गतिविधिप्रति आपत्ति जनाउँदै सबै पक्षलाई संयमित र जिम्मेवार हुन आग्रह गरेका छन्।

आज बिहान जनकपुरस्थित जानके चार होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले प्रदेशमा राजनीतिक मतभेदलाई हिंसा र विध्वंसको बाटोबाट होइन, संवाद र संवैधानिक प्रक्रियाबाट समाधान खोज्नुपर्ने बताउँदै शान्तिपूर्ण वातावरण कायम गर्न आग्रह गरे।

उनले भने —

“प्रदेशका जनताले विकास, रोजगारी र स्थायित्व चाहेका छन्, न कि तोडफोड र अशान्ति। राजनीतिक असहमति लोकतन्त्रको सौन्दर्य हो, तर हिंसा कहिल्यै विकल्प होइन।”

मुख्यमन्त्री यादवले आफू संविधानको धारा १६८ (३) अनुसार नै विधिसम्मत रूपमा नियुक्त भएको दाबी गर्दै, प्रदेश सरकार स्थायित्व र विकासको मार्गमा अघि बढ्ने प्रतिबद्धता जनाए।

यादवले अराजक गतिविधि र अफवाह फैलाउने प्रवृत्तिप्रति पनि चेतावनी दिँदै भने —

“कसैको उक्साहटमा कानून तोड्ने काम गर्नेलाई सरकार कडाइका साथ नियन्त्रणमा ल्याउनेछ। मधेशमा अशान्ति होइन, सहमति र सहकार्य चाहिन्छ।”

उनले प्रदेशका सबै दलहरूलाई संविधान, लोकतन्त्र र विकासका साझा एजेन्डामा सहकार्य गर्न आह्वान गरे। पत्रकार सम्मेलनमा यादवले आगामी नीति–कार्यक्रमबारे समेत संकेत गर्दै भने, “अबको मधेश सरकार काम गरेर देखाउनेछ, विवादमा होइन, परिणाममा चिनिनेछ।”

यादवको पक्षमा उनका समर्थकहरूले पनि संयम र शान्तिपूर्ण वातावरणमा आफ्नो समर्थन जनाउँदै ‘मधेश चाहन्छ विकास, हिंसा होइन’ भन्ने नारासहित जनकपुरमा र्‍याली निकालेका छन्।

प्रकाशित मिति : २०८२, २५ कार्तिक मंगलबार  ९ : ३९ बजे

आत्मदाह प्रयास गर्ने तेस्रो व्यक्तिको पनि मृत्यु, विवेक मण्डलले उपचारकै क्रममा गुमाए ज्यान

काठमाडौं । आत्मदाहको प्रयास गरेका सर्लाहीका ३४ वर्षीय विवेक मण्डलको

कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति तत्काल खारेजीको माग गर्दै कार्यालय अगाडि धर्ना

भक्तपुर, २९ असार : मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने

काठमाडौं । अमेरिकाले हालै इरानमाथि गरेको आक्रमणपछि इरानले खाडी क्षेत्रका

‘गौरव’को नाममा २७ आयोजना, उपलब्धि शून्यजस्तै ! योजना आयोगको निष्कर्ष-अब १० वटामै सीमित गरौं

काठमाडौं । वर्षौंसम्म बजेट खर्चिए पनि अधिकांश राष्ट्रिय गौरवका आयोजना

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौं। आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका