भृकुटीमण्डपको विशाल प्रदर्शनीस्थलमा केही दिनदेखि छुट्टै संसार देखिन्थ्यो। बाहिर काठमाडौंको व्यस्त सडक, धुलो, भीड र हतारो थियो। तर प्रदर्शनीस्थलभित्र प्रवेश गर्नेबित्तिकै दृश्य बदलिन्थ्यो । चम्किला विद्युतीय गाडी, अत्याधुनिक मोटरसाइकल, स्मार्ट प्रविधि, चार्जिङ स्टेसन, नयाँ पुस्ताका उपकरण र भविष्यको मोबिलिटीबारे उत्साहपूर्वक कुरा गरिरहेका मानिसहरूको भीड। कसैको हातमा मोबाइल थियो, कसैको हातमा एक्स्पोको टिकट। कोही नयाँ गाडीको…