२०८३, १३ भाद्र आईतबार

नागरिकप्रति नाडा अटो शोको ऐक्यबद्धता : अन्तिम दिन साँझ ४ देखि ७ बजेसम्मको टिकट रकम बाढीपीडितलाई

नागरिकप्रति नाडा अटो शोको ऐक्यबद्धता : अन्तिम दिन साँझ ४ देखि ७ बजेसम्मको टिकट रकम बाढीपीडितलाई


काठमाडौँ । सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउँदै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो शोको अन्तिम दिन आज साँझ ४ बजेदेखि ७ बजेसम्म बिक्री हुने सम्पूर्ण टिकटबाट प्राप्त रकम बाढी तथा पहिरोपीडितको राहतका लागि सहयोग गर्ने घोषणा गरेको छ।

देशका विभिन्न क्षेत्रमा आएको अविरल वर्षा, बाढी तथा पहिरोका कारण ठूलो संख्यामा नागरिक प्रभावित भइरहेको अवस्थालाई मध्यनजर गर्दै नाडाले अटो शोको अन्तिम तीन घण्टाको टिकट बिक्रीबाट संकलन हुने रकम राहत अभियानमा सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

नाडाका अनुसार सवारीसाधन र नवीन प्रविधिको उत्सवका रूपमा आयोजना गरिएको अटो शोमार्फत प्राकृतिक विपत्तिमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको हो।

“एकातर्फ हामी सवारी साधन र प्रविधिको उत्सव मनाइरहेका छौँ भने अर्कोतर्फ देशभर हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू प्राकृतिक विपत्तिको सामना गरिरहनुभएको छ,” नाडाका प्रतिनिधिले भने, “अन्तिम तीन घण्टामा संकलन हुने टिकट शुल्क सोझै पीडितको सहयोगमा खर्च गर्ने उद्देश्य राखेका छौँ। यो समयमा आउने प्रत्येक अवलोकनकर्ताको उपस्थिति राहत कार्यमा प्रत्यक्ष योगदान बन्नेछ।”

काठमाडौँको भृकुटीमण्डपमा जारी नेपालकै ठूलो अटोमोबाइल प्रदर्शनी नाडा अटो शोको अन्तिम दिनमा सहभागी हुँदै यस परोपकारी अभियानलाई सफल बनाउन नाडाले सर्वसाधारणलाई अपिल गरेको छ।

साँझ ४ बजेदेखि ७ बजेसम्म टिकट खरिद गरी अटो शो अवलोकन गर्ने दर्शकको सहभागिता मनोरञ्जन वा प्रदर्शनी अवलोकनमा मात्र सीमित नहुने, बाढी तथा पहिरोपीडितको राहतमा समेत प्रत्यक्ष सहयोग पुग्ने नाडाले जनाएको छ।

संकलित सम्पूर्ण रकम निष्पक्ष र पारदर्शी ढंगले आधिकारिक राहत कोषमार्फत प्रभावित क्षेत्रका पीडितसम्म पुर्‍याइने बताइएको छ।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  ८ : ४५ बजे

बाढीको पीडामा चीनको ठूलो साथ, नेपाललाई नगद र राहतसहित ३३ करोड बढी सहयोग

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपछि चीनले राहत सहयोग थप

भोटेकोशी बाढीपीडितका लागि हिमालयन बुलीयन कम्पनीको एक करोड एक लाख सहयोग

काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा हालै आएको

केरुङको बाटो बन्द, नाडामा गाडीको बुकिङ धमाधम! व्यवसायी भन्छन्– ‘दशैंमै डेलिभरी’

काठमाडौं । भोटेकोशी बाढीले चीनबाट गाडी आउने मुख्य केरुङ नाका

बाढीपीडितका लागि MAXUS नेपालको ७० लाख ‘सहयोग प्याकेज’

काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गतको MAXUS Nepal ले हालैको विनाशकारी बाढीबाट

बाढीपीडितका लागि नेपाल बैंकको दरिलो साथ, ३ करोड १ लाख सहयोग

काठमाडौं । रसुवा र नुवाकोटका बाढीपीडितका लागि नेपाल बैंकले ३