२०८३, २६ आश्विन मंगलबार

भोटेकोशी बाढीपीडितका लागि ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग

भोटेकोशी बाढीपीडितका लागि ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने जनाएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा बाढीले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले सहयोग घोषणा गरेको हो।

बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको, धेरै जना बेपत्ता भएको तथा सयौँ परिवार विस्थापित भएको बैंकले जनाएको छ। बाढीले बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुर्‍याएको बैंकको भनाइ छ।

बैंकका अनुसार सहयोग रकम बेपत्ता नागरिकको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई खाद्यान्न र अस्थायी आवासको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा उपयोग हुनेछ।

विपद्का बेला संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक, भौतिक तथा मानवीय सहयोग गर्दै आएको बैंकले जनाएको छ। बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीलगायतका विपद्मा पनि बैंकले सहयोग उपलब्ध गराउँदै आएको विज्ञप्तिमा उल्लेख छ।

ग्लोबल आइएमई बैंकले ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक भएको जनाएको छ। बैंकका अनुसार हाल ३४१ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालय गरी १ हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा दिइरहेको छ।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको जनाएको छ।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  १२ : ५१ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका