२०८३, २६ आश्विन मंगलबार

बाढीपीडितको पीडामा बैंकको ठूलो साथ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दियो ४ करोड १ लाख

बाढीपीडितको पीडामा बैंकको ठूलो साथ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दियो ४ करोड १ लाख


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको र जनजीवन प्रभावित भइरहेका बेला बैंकले राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो।

बैंकले विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

यसैबीच, बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

बाढीपछि हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूको सकुशल उद्धारको कामना गर्दै बैंकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेको जनाएको छ।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  ८ : ५१ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका