२०८३, १३ भाद्र आईतबार

बाढीले बन्द भएका थप ७ ठाउँमा टेलिकम सेवा फर्कियो, ९३ साइट सञ्चालनमा

बाढीले बन्द भएका थप ७ ठाउँमा टेलिकम सेवा फर्कियो, ९३ साइट सञ्चालनमा


काठमाडौं । बाढीका कारण अवरुद्ध नेपाल टेलिकमका थप सातवटा साइटबाट शनिबारदेखि दूरसञ्चार सेवा पुनः सञ्चालनमा आएको छ। यससँगै बाढीबाट प्रभावित भएका १२० साइटमध्ये ९३ वटा सञ्चालनमा आएका छन्।

रसुवाको त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनानजिकको टावर सञ्चालनमा आएपछि आयोजनाको सुरुङभित्र जारी उद्धार तथा खोजी कार्यका लागि सञ्चार सम्पर्क सहज भएको टेलिकमले जनाएको छ।

सेवा पुनःसञ्चालनका लागि आवश्यक उपकरण तथा सामग्री सवारीसाधन र भरियामार्फत प्रभावित क्षेत्रमा पुर्‍याइएको थियो। उत्तरगया गाउँपालिका–स्थित कालिकास्थानको टावरबाट पनि सेवा सञ्चालनमा आएको नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए।

नुवाकोटका तुप्चे र बुङ्ताङका बिटिएस पनि सञ्चालनमा आएका छन्। ती टावरका लागि आवश्यक जेनेरेटर र इन्धन हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्‍याइएको टेलिकमले जनाएको छ। कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरबाट समेत सेवा सुचारु भएको छ।

सेवा पुनःस्थापनाको कामलाई तीव्रता दिन नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी प्रभावित क्षेत्रमै पुगेकी छन्। उनले फिल्डमा खटिएका प्राविधिकसँग समन्वय गर्दै सेवा सञ्चालनको अवस्थाबारे जानकारी लिइरहेकी छन्।

यसअघि बबरमहलस्थित विपद् व्यवस्थापन कक्षमा बसेको बैठकमा पहाडीले प्रभावित क्षेत्रमा टेलिकम सेवा पुनःसञ्चालनको प्रगतिबारे जानकारी लिँदै आवश्यक निर्देशन दिएकी थिइन्।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क पुनःस्थापित गर्ने कामलाई टेलिकमले प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  ८ : ४२ बजे

बाढीले बन्द भएका थप ७ ठाउँमा टेलिकम सेवा फर्कियो, ९३ साइट सञ्चालनमा

काठमाडौं । बाढीका कारण अवरुद्ध नेपाल टेलिकमका थप सातवटा साइटबाट

भोटेकोशीको बहाव घटेपछि खुल्यो काठमाडौं–मुग्लिन–नारायणगढ सडक

काठमाडौं । बाढीको जोखिम देखिएपछि केही समय रोकिएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड

तमोर नदीमा बेल ब्रिज निर्माण सम्पन्न 

ताप्लेजुङ । तमोर नदीमा बेल ब्रिज निर्माण सम्पन्न गरिएको छ

भोटेकोशीमा फेरि बाढी बढ्यो, रसुवादेखि चितवनसम्म सतर्कता

काठमाडौं । भोटेकोशी नदीमा शुक्रबार बिहानदेखि पानीको बहाव पुनः बढेपछि

प्लास्टिकको भीडमा हराउँदै चोयाका डालो

ताप्लेजुङ । कुनै समय गाउँघरको दैनिकीसँग जोडिएको चोयाको डालो अहिले