२०८३, २४ कार्तिक मंगलबार

आजको तरकारी तथा फलफूलको मूल्य

आजको तरकारी तथा फलफूलको मूल्य


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ८० रुपैयाँ र सानो टनेल गोलभेडा ४२ रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो (लाम्चो) ३० रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ४८ रुपैयाँ, आलु रातो (मुडे) ४८ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ७० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (लोकल) ३० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २५ रुपैयाँ, लाम्चो भन्टा १५ रुपैयाँ, डल्लो भन्टा ३० रुपैयाँ, तने बोडी ४० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ तथा घिउ सिमी (लोकल र हाइब्रिड) प्रतिकेजी ७० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी ७० रुपैयाँ, भटमासकोसा १२० रुपैयाँ, तितो करेला ३० रुपैयाँ, लौका ४० रुपैयाँ, परवर (लोकल) ७० रुपैयाँ, घिरौला १० रुपैयाँ, पाकेको फर्सी ५० रुपैयाँ, हरियो फर्सी (डल्लो) ३० रुपैयाँ, भिण्डी ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग ६० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ४०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३५० रुपैयाँ, केरा (नेपाली) प्रतिदर्जन २५० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १८० रुपैयाँ, कागती प्रतिकिलो २५० रुपैयाँ, अनार २५० रुपैयाँ, आँप (मालदह) २५० रुपैयाँ, आँप (चोसा) २३० रुपैयाँ, तरबुजा (हरियो) ५० रुपैयाँ तोकिएको छ । 

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  ८ : ०८ बजे

देउसी-भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्छौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा

माछा व्यापारी र भन्सार कर्मचारी बीच सेटिङको चर्चा, पटक पटक पक्राउ परेकालाई जरिवानामा सहुलियत

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवामा रहेको सुरज फिस सप्लायर्सको माछा

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला हङ्कङ निर्यात

चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला

रसुवाका पिडित वालबालिकालाई लायन्स क्लवको शैक्षिक सामाग्री सहयोग

नुवाकोट। रसुवाको बिनासकारी बाढी पहिरोमा परि विद्यालय जान नसकिरहेका वालवालिकालाई