काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा बीच भेटवार्ता भएको छ। विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका मन्त्री खनाल र अध्यक्ष कान्डाबीच बुधबार भएको उक्त भेटमा नेपालमा सञ्चालित एडीबीका परियोजनाको प्रगति, उपलब्धि र चुनौतीबारे विस्तृत छलफल गरिएको छ। अमेरिकास्थित नेपाल राजदूतावासका अनुसार, भेटमा अर्थ मन्त्रालय र…