काठमाडौं । दैलेखस्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक गाडी र यात्रुको खोजीलाई तीव्र बनाउन सशस्त्र प्रहरीले अत्याधुनिक उपकरणसहित विशेष गोताखोर टोली परिचालन गरेको छ। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा चार सदस्यीय गोताखोर टोली घटनास्थल पुगेको छ। टोलीले नदीको गहिराइमा रहेका वस्तु पत्ता लगाउने सोनार क्यामरा, म्याग्नेट…