२०८३, ९ कार्तिक सोमबार

गोसाइँकुण्डबाट फर्किएका यात्रु धुन्चेमा उद्धारको प्रतीक्षामा

गोसाइँकुण्डबाट फर्किएका यात्रु धुन्चेमा उद्धारको प्रतीक्षामा


रसुवा । गोसाइँकुण्डबाट फर्किएका यात्रुहरू सडकमार्ग अवरुद्ध भएपछि रसुवाको धुन्चेमा उद्धारको प्रतीक्षामा छन्।

बाढी र पहिरोका कारण सडकमार्ग अवरुद्ध हुँदा गोसाइँकुण्ड क्षेत्रबाट फर्किएका यात्रुहरूलाई तल झर्न समस्या भएको हो। सडकमार्गबाट सुरक्षित रूपमा आउन सक्ने अवस्था नरहेपछि उनीहरू धुन्चेस्थित नेपाली सेनाको ब्यारेकमा पुगेका छन्। यात्रुहरूलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने क्रम जारी छ। उद्धारका लागि पुगेका यात्रुहरू आफ्नो पालो पर्खिँदै सेनाको ब्यारेकमा बसेका छन्।

बाढी तथा पहिरोका कारण रसुवाका विभिन्न सडकखण्ड अवरुद्ध भएपछि गोसाइँकुण्ड जाने–आउने यात्रु प्रभावित भएका छन्। उद्धारका लागि हेलिकोप्टर परिचालन गरिए पनि यात्रुको संख्या बढी भएकाले सबैलाई तत्कालै उद्धार गर्न कठिनाइ भइरहेको छ।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  १२ : ३५ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि