२०८३, १८ आश्विन सोमबार

विपतमा सक्रिय रेडक्रस, हेलिकप्टरमार्फत रसुवा पठाइयो अत्यावश्यक औषधि

विपतमा सक्रिय रेडक्रस, हेलिकप्टरमार्फत रसुवा पठाइयो अत्यावश्यक औषधि


काठमाडौं । रसुवाको भोटेकोसी खोलामा आएको बाढीपछि नेपाल रेडक्रस सोसाइटीले उद्धार, राहत तथा स्वास्थ्य सेवाका लागि कर्मचारी र स्वयंसेवक परिचालन गरेको छ।

बाढी प्रभावित नागरिकलाई थप सहयोग उपलब्ध गराउन नेपाल सरकारसँगको समन्वयमा रेडक्रसले राहत तथा मानवीय सहायता कार्यलाई निरन्तरता दिएको सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले जानकारी दिए।

सरकारले निर्धारण गरेको क्लस्टर प्रणालीअनुसार सेवा प्रवाह भइरहेको र महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सहायता उपलब्ध गराइएको उनले बताए।

बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन रेडक्रसले सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत अत्यावश्यक औषधिसहित आवश्यक सामग्री रसुवा पठाएको छ।

विपत्पछि प्रभावित समुदायको आवश्यकता पहिचान गरी सोहीअनुसार राहत तथा स्वास्थ्य सामग्री उपलब्ध गराउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको रेडक्रसले जनाएको छ।

प्रकाशित मिति : २०८३, १४ भाद्र सोमबार  १२ : १६ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय