२०८३, १८ आश्विन सोमबार

आज देशभर बदली, राति कोशी र बागमतीका यी क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना

आज देशभर बदली, राति कोशी र बागमतीका यी क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना


काठमाडौं । आज देशभर मौसम बदली रहने र विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेषगरी रातिको समयमा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानमा वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। देशका पहाडी भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा पनि देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भाग र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक-दुई स्थानमा भने धेरै भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गरिएको छ। मौसम विज्ञानमा २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा मानिन्छ। १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी वर्षा तथा २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा भनिन्छ।

भारी वर्षासँगै पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहाव र नदी–नालामा पानीको सतह बढ्ने जोखिम रहने भएकाले यात्रा तथा नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आवश्यक देखिएको छ।

प्रकाशित मिति : २०८३, १४ भाद्र सोमबार  ८ : २२ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय