पलाञ्चोक भगवती मन्दिर काभ्रे जिल्लालाई देश विदेशमा चिनाउने एउटा पुरानो मन्दिर हो । काभ्रेपलाञ्चोक जिल्ला , पाँचखाल नगरपालिका वडा नम्बर ९ मा अवस्थित पलाञ्चोक भगवती मन्दिर संवत् ४२५ मा मानदेव प्रथमको शासनकालमा स्थापित भएको हो । मध्यकालमा यो स्थान एउटा प्रमुख गढको रूपमा परिचित थियो । पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती तीन दिदी–बहिनीहरूमध्ये…